इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन उत्कृष्ट ईभी अवार्ड

काठमाडौं : सेरेस ब्रान्डका गाडी उत्पादन गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल शो (PEVS) मा तीनवटा अवार्ड जितेको छ।
इन्डोनेसियाको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी प्रदर्शनी ‘ईभी ल्यान्ड एक्जिबिसन’ गत अप्रिल २९ देखि मे ४ सम्म जकार्तामा सम्पन्न भएको थियो। उक्त अवसरमा सेरेस थ्रीले “फेभरिट कार लन्च”, सेरेस E1 ले “मोस्ट अफोर्डेबल ईभी कार” र DFSK Gelora E ले “फेभरिट कमर्सियल भेहिकल” को उपाधि जितेका हुन्।
कम्पनीले यो सफलता इन्डोनेसियामा इलेक्ट्रिक सवारी साधनको इकोसिस्टम बलियो बनाउनेतर्फको प्रतिबद्धताको पुष्टि भएको बताएको छ।
प्रदर्शनीमा विभिन्न विद्युतीय मोडेलहरू प्रस्तुत गरिए पनि विशेष ध्यान सेरेस थ्री SUV मा केन्द्रित रह्यो। नयाँ पुस्ताका व्यावसायिक प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको यो ब्याट्री–आधारित विद्युतीय SUV (BEV) लाई प्रि-बुकिङ प्रणालीमार्फत जाकार्ता क्षेत्र (Jabodetabek) मा Rp 370 देखि Rp 398 मिलियन OTR मूल्यमा उपलब्ध गराइएको थियो।
प्रदर्शनीको अवधिभर जम्मा ७८२ वटा सवारी बुकिङ (SPK) संकलन भएका थिए, जसमध्ये सेरेस थ्री एक्लैले ३०५ वटा अर्डर पाएको थियो।
जेठ ३, २०८२ शनिबार १९:४४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।