गुलमोहरसँग सेल्फी (तस्विरहरू)

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर अहिले गुलमोहरको रङमा ढकमक्क छ। अरुबेला त्यति चहलपहल नदेखिने घण्टाघरदेखि नगरपालिका जाने बाटोमा अहिले भिड देखिन्छ।
जसको हातमा मोबाइल छ तिनीहरू गुलमोहरको छायाँमा फोटो खिच्न व्यस्त छन्। गुलमोहरको यो माहोलले आन्तरिक पर्यटक पनि तानिएको छ। फोटो खिच्ने भीड मात्रै होइन, त्यहाँ पैसा लिएर फोटो/भिडियो खिचिदिने फोटोग्राफरको समेत राम्रो व्यापार चलिरहेको छ।
जेठ ३, २०८२ शनिबार १९:२८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।