प्रधानमन्त्री ओलीसँग कोप-२९ अध्यक्ष बाबायेभको भेट

प्रधानमन्त्री ओलीसँग कोप-२९ अध्यक्ष बाबायेभको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप-२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपति विशेष दूत मुख्तर बाबायेभले आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनलाई साझा विश्वव्यापी चुनौतीका रूपमा लिँदै यसको समाधानका लागि आपसी सहकार्य अपरिहार्य रहेको बताए। उनले जलवायु मुद्दामा अजरबैजानले देखाएको नेतृत्वप्रति धन्यवाद दिँदै “हिमालदेखि समुद्रसम्म” को अवधारणामा आधारित भएर ठूला मुलुकहरूलाई पनि जिम्मेवारी बहन गर्न आग्रह गरे।

सगरमाथा संवादमा सहभागी हुन नेपाल आएका बाबायेभले भने नेपालले हिमाली क्षेत्रको संरक्षण र वातावरणीय सुरक्षाका लागि उठाएका कदम सराहनीय भएको बताए। उनले सगरमाथा संवादमार्फत आएका सन्देशहरूलाई विश्व समुदायमा पुर्या उने प्रतिबद्धता जनाए।

भेटमा नेपालका लागि अजरबैजानका गैह्रआवासीय राजदूत तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी थिए।

जेठ ३, २०८२ शनिबार १९:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।