एनसेलको नयाँ अफर: शनिबार अनलिमिटेड सोसल मिडिया चलाउन पाइने

काठमाडौं : एनसेलले आफ्नो साप्ताहिक फ्ल्यास सेल्स अफरमा नयाँ सुविधा थपेको छ। अब एनसेलका ग्राहकले हरेक शनिबार एनसेलको विशेष डेटा प्याक किनेर २४ घन्टासम्म अनलिमिटेड सोसल मिडिया चलाउन सक्न्छन्- त्यो पनि कुनै थप शुल्क नतिरी!
यो अफर ज्येष्ठ ३० देखि सुरु भएर ज्येष्ठ ३१ सम्म हरेक शनिबार लागू हुनेछ। अफर एनसेल एप वा एनसेल पसल एपमार्फत मात्र उपलब्ध हुनेछ।
यस अफर अन्तर्गत ग्राहकले कर सहित रु १५० मा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउँछन्।
यस बाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा पाउँछन्। त्यसैगरी कर सहित रु २९९ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन्।
जेठ ३, २०८२ शनिबार १७:१४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।