नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको १२ औं महाधिवेशन सम्पन्न

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको १२ औं महाधिवेशन सम्पन्न

भक्तपुर : “नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल नारासहित नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको १२ औं महाधिवेशन भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ।

२०८२ जेष्ठ १ गते भएको उद्घाटन कार्यक्रम नेपाल सरकारका पूर्व संचार तथा सूचना प्रविधि मन्त्री तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य रामेश्वर फुयाल, पेशागत महासंघ नेपालका अध्यक्ष पूण्य प्रसाद ढकाल, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, सञ्चालक सदस्य लोकबहादुर कटुवाललगायतको विशेष आतिथ्यता रह्यो। 

प्रमुख तथा विशेष अतिथिहरूले संस्थागत सुधार, प्रविधि रूपान्तरण र श्रमिक हितका विषयमा शुभकामना मन्तव्य दिए।
७७ वटै जिल्लाबाट केन्द्रीय समिति, प्रादेशिक समिति, इकाइ समिति, सम्पर्क समिति तथा विभिन्न विभागका प्रतिनिधि र पर्यवेक्षकहरूको उपस्थिति रहेको महाधिवेशनमा संगठनले विगतमा खेलेको भूमिकाको समिक्षा गर्दै, भविष्यमा कम्पनी, कर्मचारी र सेवा ग्राहकको हितका लागि उठाउनुपर्ने कदमहरूबारे गहिरो छलफल गरिएको थियो।

महाधिवेशनले मणिकुमार पोखरेलको नेतृत्वमा ४१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ। महासचिवमा गोविन्द ढुंगाना, वरिष्ठ उपाध्यक्षमा आनन्द पौडेल, र उपाध्यक्षहरूमा राज किशोर चौधरी, प्रकाश शर्मा, जगत प्रसाद भुसाल, छबिलाल न्यौपाने र सृजना सापकोटा चयन भएका छन्।

महाधिवेशनमा टेलिकमको समसामयिक अवस्था, कर्मचारीको वृत्ति विकास, सेवा सुविधा र कम्पनीको व्यावसायिकता अभिवृद्धिमा संगठनले सशक्त भूमिका खेल्ने प्रतिबद्धता जाहेर गर्दै १४ बुँदे प्रस्ताव पारित गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, व्यवस्थापक, ट्रेड युनियन प्रतिनिधि, स्वयंसेवक, पत्रकार, कर्मचारी तथा सहयोगीहरूप्रति महासचिव गोविन्द ढुंगानाले धन्यवाद व्यक्त गरेका छन्।

जेठ ३, २०८२ शनिबार १६:५०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।