देशको तीव्र विकासका लागि एमालेको बहुमत चाहिन्छ : अध्यक्ष ओली

देशको तीव्र विकासका लागि एमालेको बहुमत चाहिन्छ : अध्यक्ष ओली

काठमाडौ‌ं : प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकास, स्थायित्व र सुशासनका लागि एमालेको बहुमत सरकार आवश्यक रहेको दाबी गरेका छन्।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले आज च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई अव्यवस्था र अवरोधबाट जोगाउन एमालेको स्पष्ट बहुमत अपरिहार्य भएको बताए

'देशको विकासका लागि एमालेको नेतृत्व चाहिन्छ भन्ने कुरा बुझ्न हामी केही ढिला भयौँ,' ओलीले भने, 'अब स्वार्थी समूहका भ्रमबाट मुक्त भई युवाहरूले एमालेलाई आगामी चुनावमा बहुमत दिलाउन साथ दिनुपर्छ।'

ओलीले युवाहरूलाई पार्टीमा आउन प्रेरित गर्दै भने, 'म तपाईंहरूलाई आउनुस्, एकैचोटि अध्यक्ष बन भन्दिनँ। तर पार्टीमा आएर सिक्दै, काम गर्दै, अनुभव बटुल्दै नेतृत्वमा पुग्न सकिन्छ।' उनले मेस्सी र एम्बापेजस्ता खेलाडीहरू एकै दिन बन्ने होइन भन्ने उदाहरण दिँदै, जुनसुकै क्षेत्रमा पनि अनुभव र अभ्यास जरुरी हुने बताए।

कार्यक्रममा युवा उद्यमीहरूलाई पनि सम्मान गरिएको थियो।

जेठ ३, २०८२ शनिबार १६:२८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।