किताबको पाना पल्टाएर होइन देशको परिस्थिती अनुसार अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरू मिलेर नै आन्दोलनहरू सफल भएको बताएका छन्।
शनिबार ३२ औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरुप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताए।
उनले भने,‘कमरेड पुष्पलालले भन्नुभएको थियो–जबसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गर्दैनन्, निरङकुस राजतन्त्रलाई पञ्चायती तानाशाहीलाई पराजित गर्न सकिदैन। यो विचारलाई कांग्रेसका नेता बीपी कोइरालाले अस्विकार गरेका थिए। फलस्वरुप बीपी बाचुँन्जेलसम्म नेपाली कांग्रेसबाट एक्लै। पछिल्लो ०६२/६३ वामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितीमा निरङकुश राजतन्त्रकोविरुद्धमा जुध्ने मानसिकताले दुईले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो। यो वास्तविकतालाई सबैले महसुस गर्नुपर्छ। किताबको पाना पल्टाएर होइन देशको परिस्थिती अनुसार अगाडि बढ्नुपर्छ।’
उनले जनताको विश्वास अनुरुप काम गर्नुपर्ने भन्दै सबै एकतावद्ध भएर काम गर्नुपर्ने बताए।
जेठ ३, २०८२ शनिबार १६:०६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।