उत्तरी कश्मीरका धेरै ठाउँमा प्रहरीको छापा

उत्तरी कश्मीरका धेरै ठाउँमा प्रहरीको छापा

एजेन्सी : जम्मू कश्मीर प्रहरीको राज्य अनुसन्धान एजेन्सीले सोपोर, बारामुल्ला, हन्डवारा, गन्दरबल र श्रीनगर लगायत मध्य र उत्तरी कश्मीरका धेरै क्षेत्रहरूमा छापा मारिरहेको छ।

यो कारबाही आतंकवादसँग सम्बन्धित घटनाहरूको अनुसन्धानको सम्बन्धमा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

शुक्रबार राति शंकास्पद आतंकवादी गतिविधिको बारेमा जानकारी प्राप्त भएपछि यो कारबाही सुरू गरिएको समाचारमा उल्लेख छ।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले नूर खान एयरबेसमा भारतीय आक्रमण स्वीकार गरेका छन्।

मे १० को राति करिब साढे दुई बजे जनरल असीम मुनीरले फोन गरेर भारतीय ब्यालिस्टिक क्षेप्यास्त्रहरूले नूर खान एयरबेस र केही अन्य क्षेत्रहरूलाई लक्षित गरेको बताए।

शरीफले शुक्रबार राति पाकिस्तानी वायुसेनाले स्वदेशी प्रविधि र आधुनिक उपकरण प्रयोग गरेर देशलाई बचाएको दाबी गरे। चीनबाट प्राप्त जेटहरू पनि प्रयोग गरिएको उल्लेख छ।

जेठ ३, २०८२ शनिबार १४:१७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।