नूर खान एयरबेसमा भारतीय आक्रमण भएको पाकिस्तानी प्रधानमन्त्रीको स्वीकारोक्ति

एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले नूर खान एयरबेसमा भारतीय आक्रमण स्वीकार गरेका छन्।
मे १० को राति करिब साढे २ बजे भारतीय ब्यालिस्टिक क्षेप्यास्त्रहरूले नूर खान एयरबेस र केही अन्य क्षेत्रहरूलाई लक्षित गरेको जनरल असीम मुनीरले आफूलाई जानकारी दिए शरीफले बताए।
शरीफले शुक्रबार राति पाकिस्तानी वायुसेनाले स्वदेशी प्रविधि र आधुनिक उपकरण प्रयोग गरेर देशलाई बचाएको दाबी गरे। चीनबाट प्राप्त जेटहरू पनि प्रयोग गरिएको उनले बताए।
यसैबीच, मे ९ र १० को रातमा पाकिस्तानले गरेको आक्रमणलाई भारतको एयर डिफेन्स सिस्टम ‘आकाशतीर’ले विफल पारेको भारतीय रक्षा मन्त्रालयले दाबी गरेको छ।
जेठ ३, २०८२ शनिबार ११:४१:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।