आईपीएल आजदेखि पुन: सुरू हुँदै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुन: सुरू हुँदैछ।
भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरू हुन लागेको हो। जारी आईपीएल मे ८ देखि रोकिएको थियो।
आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरू र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।
दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो।
आईपीएलका बाँकी खेलहरू बैंगलुरु, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदावाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन्।
जेठ ३, २०८२ शनिबार ०९:४०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।