भारत-पाकिस्तान तनावका कारण स्थगित आईपीएल आजदेखि सुरू

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुन: सुरू हुँदैछ। भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरू हुन लागेको हो। जारी आईपीएल मे ८ देखि रोकिएको थियो।
आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बैंगलोर नेपाली समयअनुसार राति पौने ८ बजे सुरू हुनेछ।
दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो। आईपीएलका बाँकी खेलहरू बैंगलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन्।
जेठ ३, २०८२ शनिबार ०९:२१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।