युद्धको तीन वर्षपछि रुस र युक्रेनबीच वार्ता

युद्धको तीन वर्षपछि रुस र युक्रेनबीच वार्ता

एजेन्सी : युद्धको तीन वर्षपछि रुस र युक्रेनबीच वार्ता भएको छ।

टर्कीमा भएको वार्तामा दुवै देशका प्रतिनिधि सहभागी थिए। तर, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने सहभागी भएनन्।

दुई घण्टा चलेको छलफलमा युद्धविरामबारे ठोस निर्णय नआए पनि सकारात्मक रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै देश एक-एक हजार कैदी आदानप्रदान गर्न सहमत भएका छन्। यसले सम्भावित युद्धविरामको सम्भावना बलियो बनाएको छ।

वार्तापछि युक्रेनी रक्षामन्त्री रुस्तेम उमरोभका अनुसार पुटिन र जेलेन्सकीबीच सम्भावित बैठकबारे छलफलसमेत भएको थियो।

जेठ ३, २०८२ शनिबार ०७:२७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।