आज देशका यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज देशका यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं : देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव कायम रहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले पनि आंशिक असर पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती, गण्डकी प्रदेश र देशका अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली भएको छ।

बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना समेत रहेको छ।

महाशाखाले चट्याङ्गसहितको वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

जेठ ३, २०८२ शनिबार ०७:१५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।