सस्तोमा बुद्धको सुनको मूर्ति दिने प्रलोभनमा २१ लाख ठगीको आरोप

सस्तोमा बुद्धको सुनको मूर्ति दिने प्रलोभनमा २१ लाख ठगीको आरोप

काठमाडौं : सस्तोमा सुनको बुद्धको मूर्ति दिने प्रलोभनमा पारेर  २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा काशीनाथ पौडेल पक्राउ परेका छन्। उनले  दुई जनाबाट रकम लिएर भागेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

उनले सस्तोमा सुनको बुद्धको मूर्ति दिने भनेर मंसिर ८ मा भक्तपुरका प्रेमकुमार विकबाट १० लाख र काठमाडौं न्यूरोड बस्ने राजकुमार विकबाट ११ लाख ८५ हजार रुपैयाँ लिएर फरार भएको प्रहरीले जानकारी दिएको छ। 

जेठ २, २०८२ शुक्रबार २२:२८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।