४२ दिनमा एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए

४२ दिनमा एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए

एजेन्सी : पछिल्ला ४२ दिनमा एक लाख ७० हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्।

अफगानिस्तानको शरणार्थी तथा पुनर्स्थापन मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार २०२५ अप्रिल १ देखि मे १२ सम्मको अवधिमा कुल १,७०,९३७ जना अफगान नागरिक स्वदेश फर्किए ।

फर्किएकामध्ये सबैभन्दा धेरै १,२८,०४८ जना  पाकिस्तानबाट छन्। बाँकी शरणार्थीहरू ईरान र टर्कीबाट पनि फर्किएका छन्।

त्यसैगरी पाकिस्तानले यही अवधिमा तीन हजार ३७२ जना अफगान नागरिकलाई जेलबाट रिहा गरी फर्काएको पनि प्रवक्ता हक्कानीले जानकारी दिए।

गत एक वर्षमा मात्रै करिब २० लाख अफगान शरणार्थीहरू विशेषतः पाकिस्तान र ईरानबाट स्वदेश फर्किएको तथ्यांक छ।

जेठ २, २०८२ शुक्रबार २१:५७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।