बजेट यथार्थमा आधारित, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित रहेको अर्थमन्त्रीको दाबी

बजेट यथार्थमा आधारित, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित रहेको अर्थमन्त्रीको दाबी

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट देशको आर्थिक स्थिति हेरेर बनाइएको बताएका छन्।

सांसदहरूको जिज्ञासामा जवाफ दिँदै उनले भने, ‘यो बजेटले गरिबी घटाउने, उत्पादन बढाउने र देशलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ।’

बजेटमा कृषि, पर्यटन, पूर्वाधार, रोजगारी, शिक्षा र प्रविधि जस्ता क्षेत्रमा प्राथमिकता दिइएको उनको दाबी छ।
पौडेलले निजी क्षेत्रको मनोबल बढाउने, लगानी भित्र्याउने र युवालाई स्वरोजगारमा जोड्ने कार्यक्रम ल्याइने जानकारी पनि दिए।

उनले भने, ‘हामी लोकप्रियताको पछि लाग्ने होइन, वास्तविक समस्यामा केन्द्रित भएर अगाडि बढ्नेछौँ।’
सरकारले वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ जसले विदेशी लगानी भित्र्याउन सहयोग गर्नेछ।
जेठ १५ गते सरकारको औपचारिक बजेट संसद्मा प्रस्तुत हुनेछ।
 

जेठ २, २०८२ शुक्रबार २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।