गभर्नर नियुक्तिमा ढिलाइ हुँदा अर्थतन्त्रमा असर पर्छ: अध्यक्ष दाहाल

बैतडी : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पारिरहेको बताएका छन्। उनले सरकारलाई छिटो निर्णय गर्न आग्रह गरे।
शुक्रबार बैतडीको पाटनबाट सुरु गरिएको माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले राष्ट्र बैंकको गभर्नर पदमा ढिलासुस्ती हुनु जनविरोधी भएको बताए।
‘गभर्नर त तुरुन्तै नियुक्त हुनुपर्ने हो, तर अहिलेसम्म गरिएको छैन। यो ढिलाइ जनताको हितविपरीत छ,’ दाहालले भने।
तराई, पहाड, हिमाललाई एकताबद्ध गर्दै आर्थिक समृद्धिमा टेवा पुर्यानउन जनजागरण अभियान सुरु गरिएको उनले बताए हो। पहाडका जनताका समस्या समाधानका लागि सरकारलाई खबरदारी गरिने उनले बताए।
त्यस्तै, उनले सुदूरपश्चिमको विकासबिना देशको समग्र विकास सम्भव छैन भन्ने धारणा राखे।
जेठ २, २०८२ शुक्रबार १९:५५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।