हाजिरी जमानीमा छुटेपछि मिश्रले भने- मैले राजनीति गरेको हुँ, राज्यविरुद्धको कसुर गरेको छैन

काठमाडौं : राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो। आदेशसँगै मिश्र हिरासत मुक्त भए।
अदालतबाट छुटेपछि सञ्चारकर्मी मिश्रले चैत १५ मा आन्दोलनलाई हिंसात्मक बनाउन आफ्नो कुनै भूमिका नभएको दाबी गरे। ‘म राजनीतिक मान्छे हुँ । राजनीतिक रुपमा राजसंस्था पुनस्थापनाका लागि काम गरेकै हो । तर राज्यविरुद्धको कसुर, संगठित अपराध र अपराधिक उपद्रो म बाट केहि पनि भएको छैन,’ उनले भने।
चैत १५ गतेको घटनामा ज्यान गुमाउने प्रति संवेदना प्रकट गरे। उनि गत चैत्र १५ गते राजावादी आन्दोलनमा पक्राउ परेका थिए।
जेठ २, २०८२ शुक्रबार १९:२७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।