रोबोटले टिप्न थाल्यो चिया

रोबोटले टिप्न थाल्यो चिया

एजेन्सी : चीनमा चिया टिप्नदेखि वृद्धवृद्धाको हेरचाहसम्मको काम रोबोटले गर्न थालेका छन्।

चीनको हाङझाउ सहरमा त चिया बगानमै रोबोट पठाइएको छ। जसले मानिससरह चियाका पात टिपिरहेको छ। यति मात्रै होइन, अस्पताल वा घरमा बिरामी र बुढाबुढीलाई ओछ्यानबाट उठाउन पनि अब रोबोट नै उपयोग भइरहेका छन्। हेबेई प्राविधिक विश्वविद्यालयका वैज्ञानिकहरूले बनाएको यस्ता रोबोटको दुईवटा हातले ९० किलोसम्म बोक्न सक्ने क्षमता राख्दछ।

सह-प्राध्यापक लिउ जिक्सियाओका अनुसार रोबोटको जोर्नी मानिसझैं चलायमान छन्। झुक्न, घुम्न, उचाल्न सबै काम सक्छन्।

चीनमा अहिले ह्युमनोइड (मानिसजस्तै देखिने) रोबोटको प्रयोग झनै व्यापक बन्दै गएको छ। एक उद्योग रिपोर्टअनुसार यो क्षेत्रमा मात्रै १.१४ अर्ब अमेरिकी डलर बराबरको बजार बनिसकेको छ। जुन विश्व बजारको लगभग आधा हिस्सा हो।

जेठ २, २०८२ शुक्रबार १८:०२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।