उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न सक्दैन : धनराज गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताए।
‘राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्छ। उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न सक्दैन। उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो,’ उनले भने, ‘उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखियो। यही कारण हाम्रो राजस्व र चालु खर्चबीच ठूलो खाडल देखिन थालेको छ। हामी लोकिप्रियतावादमा बढी रमाउँदा यस्तो भएको हो। आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ।’
साथै उनले उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्ने बताए । उनले राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नमा हुनुपर्ने बताए ।
जेठ २, २०८२ शुक्रबार १४:२८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।