नेपाली सडकमा पाँच सयभन्दा बढी सेरेस ईभी, २०२६ मा तीन नयाँ मोडल आउने

काठमाडौं : अन्तर्राष्ट्रिय ईभी ब्रान्ड सेरेस का ५०० भन्दा बढी विद्युतीय सवारीसाधन नेपालका सडकमा पुगेका छन्। यस उपलब्धिलाई विशेष अवसरका रूपमा चिन्दै कम्पनीले काठमाडौंमा केक काटेर उत्सव मनायो।
सेरेस नेपालका आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरियाले सेरेसप्रति बढ्दो विश्वासले कम्पनीको समर्पण र प्राविधिक क्षमताको पुष्टि गरेको बताए।
उनका अनुसार नेपालको भूगोलअनुकूल तयार पारिएका ईभी समाधानहरू उपभोक्ताले विश्वासका साथ रोजिरहेका छन्।
चीनको सेरेस ग्रुपले ७० भन्दा बढी देशमा उपस्थिति जमाइसकेको छ। हाल कम्पनीसँग ६ उत्पादन र ७ अनुसन्धान केन्द्र छन्। सन् २०२५ को पहिलो त्रैमासिकमै १०० मिलियन डलर नाफा कमाएर कम्पनीले आर्थिक स्थायित्व देखाइसकेको छ।
सेरेसले सन् २०२६ भित्र एम७, एम८ र एम९ गरी तीन नयाँ ईभी मोडल नेपाल ल्याउने तयारी गरेको छ। यसअघि कम्पनीले इन्डोनेसियामा “फेभरेट कार लन्च” लगायतका अवार्ड जितिसकेको छ।
नेपालमा सेरेसले ४,६६० मिटर उचाइको कोरला पास पार गरेर उच्च क्षमताको प्रमाण दिइसकेको छ। दिगो र वातावरणमैत्री भविष्य निर्माणमा सेरेसले नेपाली सवारी बजारमा अग्रणी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
जेठ २, २०८२ शुक्रबार १४:२४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।