हङकङ र बहराइनको खेल रद्द हुँदा विश्वकपको छनोटमा सुपर थ्रीमा पुग्यो नेपाल

काठमाडौं : आईसीसी महिला टी२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाल सुपर थ्रीमा प्रवेश गरेको छ।
नेपाल समावेश समूह ‘सी’को अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल समूह विजेता हुँदै सुपर थ्रीमा प्रवेश गरेको हो।
आज समूह ‘सी’ अन्तर्गत हङकङ र बहराइनको खेल थियो। खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए।
नेपालले खेलेका चारमध्ये दुईमा जित, एकमा हार र एक खेल रद्द भएको थियो भने हङकङले खेलेका चारमध्ये तीन खेल रद्द भएको थियो भने एक खेल जितेको थियो।
उता समूह ‘सी’को तालिकाको पुच्छारमा रहेको बहराइनले भने खुई खेलमा हार र दुई खेल रद्द भएको थियो।
नेपाल र हङकङबीच अंक समान भए पनि नेट रनरेटका आधारमा नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो। अब नेपालले समूह ‘ए’बाट आएको थाइल्यान्ड र समूह ‘बी’बाट आएको युएईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
दुवैको अंक छ–छ हुँदा नेपालको भने पाँच छ। रनरेटमा पनि दुवै टोली निकै माथि छन्। तीनमध्ये दुई टोलीले विश्वकपमा स्थान बनाउने छ।
जेठ २, २०८२ शुक्रबार १४:०२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।