चितवनमा बस दुर्घटना, १५ जना घाइते

चितवनमा बस दुर्घटना, १५ जना घाइते
सांकेतिक तस्बिर

चितवन : पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १-०२-००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। बसमा ३९ जना सवार थिए।

घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरामुक्त छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जेठ २, २०८२ शुक्रबार ०८:४६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।