परिसूचकसँगै कारोबार रकमसमेत घटेर बन्द भयो सेयर बजार

परिसूचकसँगै कारोबार रकमसमेत घटेर बन्द भयो सेयर बजार

काठमाडौं : बिहीबार नेप्से परिसूचक ८.४१ अंक घटेर २६११.८५ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इन्डेक्स १.४४ अंक घट्दा फ्लोट इन्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंक घटेको छ।

१३ उपसमूहमध्ये बिहीबार ३ उपसमूहको परिसूचक बढ्यो भने १० उपसमूहको परिसूचक घट्यो। होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.९१ प्रतिशत बढ्यो। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशत घट्यो। अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घट्यो।

बिहीबार कारोबार रकम घटेर ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ७४ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भयो।  बुधवार ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको थियो। 

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। वाराही हाइड्रोपावरको सेयर मूल्य करिब ९ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.६५ प्रतिशत घट्यो।

कारोबार रकमका आधारमा बिहीबार सोल्टी होटेल शीर्ष स्थानमा रह्यो। सोल्टीको ४६ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो। राधी विद्युत् कम्पनीको ४४ करोडभन्दा बढीको शेयर कारोबार भयो। युनिभर्सल पावर कम्पनीको करिब साढे ३३ करोडको शेयर किनबेच भयो।

जेठ १, २०८२ बिहीबार १७:००:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।