बजेट ल्याउने दिन परिवर्तनका लागि संविधान संशोधन गर्न सांसद निधिको माग

बजेट ल्याउने दिन परिवर्तनका लागि संविधान संशोधन गर्न सांसद निधिको माग
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका सांसद् बिमलेन्द्र निधिले बजेट ल्याउने दिन परिवर्तनका लागि संविधान संशोधन गर्न माग गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् निधिले गणतन्त्र दिवस र बजेट ल्याउने दिन एकै दिन भएकाले त्यसलाई छुट्याउनका लागि भए पनि संविधान संशोधन गर्नुपरेमा जोड दिए।

उनले भने, ‘जेठ १५ गते गणतन्त्र दिवस र बजेट ल्याउने दिन हो। गणतन्त्रको भार बजेटभन्दा धेरै बढी छ। म संविधान संशोधन गरी बजेट ल्याउने दिन सार्न माग गर्न चाहन्छु।’

दुई दलबीच संविधान गर्ने सहमति भएको अवस्थामा बजेट ल्याउने मिति जेठ १५ गते नराख्न समेत उनले आग्रह गरे।

जेठ १, २०८२ बिहीबार १२:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।