गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजायो : सांसद सिंह

काठमाडौं : प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाएको टिप्पणी गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद सिंहले राष्ट्र बैंकभित्र काम गरेका मानिसलाई गभर्नर नियुक्ति नगरेर किन आफ्नो दलको कार्यकर्तालाई नियुक्ति गर्नपर्यो भनेर प्रश्न गरेका छन्।
उनले भने, ‘राष्ट्र बैंकमा त्यत्रो वर्ष काम गरेका कोही विज्ञ छैनन्, त्यहाँ भित्रैबाट गनर्भर नियुक्ति गर्यो भने पाप लाग्छ? मान्छे मरेर डराउनुपर्दैन यहाँ त काल पल्किने भो।’
उनले राष्ट्र बैंकमा भएकी कार्यवाहक गनर्भरलाई गभर्नरको नियुक्ति दिन समेत माग गरेका छन्।
जेठ १, २०८२ बिहीबार १२:००:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।