प्रतिनिधि सभाको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक विहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।

आजको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेश गर्ने कार्यसूची समेत छ।

यसका अलावा आजको बैठकमा आर्थिक वर्ष २०८२/२०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल जारी रहने महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।

जेठ १, २०८२ बिहीबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।