गलकोटमा १०५ मिलिमिटर वर्षा, कोशी र गण्डकीका पहाडी भेगमा वर्षाको सम्भावना

गलकोटमा १०५ मिलिमिटर वर्षा, कोशी र गण्डकीका पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।

साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले देशका पहाडी भूभागमा बिहीबार बिहान आंशिक बदली छ। तराईका भूभागमा भने मौसम सफा रहेको महाशाखाले जनाएको छ।

पछिल्लो २४ घन्टामा बागलुङको गलकोटका १०५ मिलिमिटरभन्दा बढी पानी परेको छ। यस्तै पर्वतमा ४०.६, स्याङ्जामा २७, कास्कीको लामापाटनमा ३५.२, पर्वतको कुस्मामा २९.८ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै झापाको दमकमा १८, इलामको चुलाचलीमा १२.२, संखुवासभाको तुम्लिङटारमा पनि १२.२ मिलिमिटर वर्षा भएको छ।

बिहीबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

जेठ १, २०८२ बिहीबार ०७:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।