सिन्धु विकास बैंकको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

बनेपा : काभ्रेपलाञ्चोकमा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाह्रबिसे नगरपालिकामा रक्तदान तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटी बाह्रबिसे उप–शाखासँगको सहकार्यमा २०८२ वैशाख २९ गते बाह्रविसे–८ मा खुला रक्तदान कार्यक्रम तथा श्री प्राइभेट प्याराडाइज मा.वि.मा नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ।
वक्तृत्वकला प्रतियोगितामा बाह्रबिसे नगरपालिकाका १० विद्यालयका १८ विद्यार्थी सहभागी भए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः रु १२,०००, रु ९,००० र रु ६,००० नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा २०० बढी स्थानीयको उपस्थिति रहेको र रक्तदान कार्यक्रममा ४३ जनाले रगत दिएको बैंकले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त सिन्धु विकास बैंकले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन र मकवानपुर जिल्लामा २६ शाखामार्फत सेवा दिइरहेको छ। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई आगामी दिनमा अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
वैशाख ३१, २०८२ बुधबार २१:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।