९० मेगावाटको मर्स्याङ्दी जलविद्युत आयोजनामा १५ अर्बभन्दा बढीको लगानी हुने

९० मेगावाटको मर्स्याङ्दी जलविद्युत आयोजनामा १५ अर्बभन्दा बढीको लगानी हुने

गोरखा : मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाट क्षमताको अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा १५ अर्ब १८ करोड रुपैयाँको संयुक्त लगानी हुने भएको छ। एम. ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको उक्त आयोजना कुमारी बैंक लिमिटेडको अगुवाइमा नौ बैंक तथा कर्मचारी सञ्चय कोषको सह लगानीमा निर्माण गरिने भएको हो।

कम्पनीका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा ऋण सम्झौता सम्पन्न भएको हो। आयोजनामा डोल्मा इम्प्याक्ट फन्डले ४९ प्रतिशतसम्म संस्थापक शेयर लगानी गर्नेछ।

आयोजनाको बिजुली २०८६ वैशाख २२ गतेदेखि उत्पादन हुने लक्ष्य रहेको छ भने विद्युत् नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेशनमा २२० केभी लाइनमार्फत जोडिनेछ। वातावरणीय प्रभाव मूल्यांकन अन्तिम चरणमा रहेको बताइएको छ।

वैशाख ३१, २०८२ बुधबार २१:१७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।