पाथीभरा केबलकार बनाउने विरुद्धको रिटमा अन्तरकालिन आदेश हट्यो

पाथीभरा केबलकार बनाउने विरुद्धको रिटमा अन्तरकालिन आदेश हट्यो

काठमाडौं : ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन।

पाथीभरा देवी दर्शन केबलकार प्रालि लगायतलाई विपक्षी बनाएर २०८१ चैत ७  मा सर्वोच्चमा परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो। बुधवार रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघि जारी भएको अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेको हो।

यो आदेशसँगै कानुनी रूपमा केबलकार निर्माणको बाटो खुलेको छ। तर पाथीभरामा केबलकार बनाउँदा  मुन्धुमी संस्कृति माथि प्रहार हुने भन्दै स्थानीय लिम्बु समुदाय आन्दोलित बनेका थिए। सरकारले आन्दोलनरत पक्षलाई पटक-पटक वार्तामा बोलाए पनि उनीहरू आएका छैनन्।

वैशाख ३१, २०८२ बुधबार २०:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।