नेपालमै पशुसम्बन्धी औषधि उत्पादन गर्न कोरियन प्रविधिको प्रयोग गरिने

नेपालमै पशुसम्बन्धी औषधि उत्पादन गर्न कोरियन प्रविधिको प्रयोग गरिने

काठमाडौं : नेपालमै पशुसम्बन्धी औषधि उत्पादन गर्न कोरियन प्रविधिको प्रयोग गरिने भएको छ। पशु औषधि उत्पादन कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको केबीएनपी कोरियाबीच प्रविधि साझेदारीसम्बन्धी सम्झौता भयो।

बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा केपीएलका अध्यक्ष हेमराज बडाल र केबीएनपीका प्रतिनिधि हानी स्वङगले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौतासँगै केपीएलले केबीएनपीको अत्याधुनिक प्रविधि र प्राविधिक विशेषज्ञता प्रयोग गरी नेपालमै पशुसम्बन्धी औषधि उत्पादन गर्नेछ।

कम्पनीका अनुसार, यस सहकार्यबाट पशु औषधिमा आत्मनिर्भरता बढाउने, आयातको विकल्प तयार गर्ने र नेपाली किसानलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सम्झौता समारोहमा स्वास्थ्य सेवा विभागका महानिर्देशक नारायण ढकाल, पशु सेवा विभागका सहसचिव सलिना मानन्धर, नेपाल औषधि उत्पादक संघका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

वैशाख ३१, २०८२ बुधबार १८:१८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।