रोकिएन नेप्सेको ओरालो यात्रा

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो चार कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको छ। सोमबारको अन्त्यमा नेप्से १३.९६ अंकले घट्दै २,६२०.२७ विन्दुमा झरेको छ।
आज कुल ३१५ कम्पनीका १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर १ लाख १२ हजार ५७७ पटक किनबेच भएका छन्। कारोबार रकम आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँ नाघेको छ।
उपसमूहतर्फ हेर्दा विकास बैंक समूह १.१९ प्रतिशत र अन्य समूह २.४६ प्रतिशतले उकालो लाग्दा बाँकी सबै समूहको उपसूचक घटेको छ।
शेयर मूल्य वृद्धिमा आज ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड अगाडि रह्यो, जसको मूल्य ९.९८ प्रतिशतले उकालो लाग्यो। उता, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ, जसको ५९ करोड ३२ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। कारोबार संख्या अनुसार सबैभन्दा धेरै- १२ लाख ९४ हजार कित्ता भन्दा बढी शेयर ङादी ग्रुप पावर लिमिटेडको कारोबार भयो।
नेप्सेमा देखिएको लगातारको गिरावटले लगानीकर्ता मनोविज्ञानमा असर पारिरहेको छ भने आगामी दिनमा सूचकको दिशा कुनतिर मोडिन्छ भन्नेमा बजार सहभागीहरूको चासो बढेको छ।
वैशाख ३१, २०८२ बुधबार १७:०६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।