कम्बोडियाको उदाहरण दिँदै एमाले सांसदले भने, ‘पशुपतिनाथलाई किन त्यस्तो बनाउन सकेनौँ?’

कम्बोडियाको उदाहरण दिँदै एमाले सांसदले भने, ‘पशुपतिनाथलाई किन त्यस्तो बनाउन सकेनौँ?’
फाइल तस्बिर

काठमाडौं : एमाले सांसद पदम गिरीले नेपालका मन्दिरहरुलाई पनि पर्यटनको आकर्षण बनाउन सकिने बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसद् गिरीले कम्बोडियाको मन्दिरको उदाहरण दिँदै नेपालका धार्मिक क्षेत्रहरुमा पनि पर्यटक आकर्षण गर्न सकिने बताए।

उनले भने, ‘कम्बोडियामा अंकुरा भाट मन्दिर छ। जिडीपीको पाँच प्रतिशत योगदान त्यो मन्दिरले गरेको छ। हामीले त्यस्तो यहाँको पशुपतिनाथ मन्दिरलाई किन बनाउन सकेनौँ।’

ठूलो सम्भावना भएका ठाउँहरुलाई पर्यटकीय सम्भावना भएका ठाउँको रूपमा विकसित गर्न नसकेको भन्दै उनले यस्ता विषयमा सरकार र बजेट बोल्नुपर्ने बताए।

ऊर्जा, प्रविधि र सेवा क्षेत्रलाई समयानुकुल बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रका लागि लगानी प्रवर्धन र रोजगारी सिर्जना गर्नुपर्ने समेत बताए।

वैशाख ३१, २०८२ बुधबार १२:५७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।