प्रेम सुवालले ‘सभामुखले सरकारको प्रवक्ता भएर बोल्ने होइन’ भनेपछि...

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुखले सरकारको प्रवक्ता भएर बोलेको गम्भीर आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना पेश गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन्।
विरोधको सूचना पेश गर्दै गर्दा समसामयिक विषयमा सरकारको विरोध गर्दा सभामुखले रोकपछि उनले यस्तो आरोप लगाएका हुन्।
सरकारको काम कारबाहीप्रति विरोध गरिरहेका बेलामा सभामुखले झर्कँदै उनलाई समय सकियो भनेपछि उनले अन्तिममा ‘सभामुखज्यूले सरकारको प्रवक्ता भएर बोल्ने होइन’ भन्दै आफ्नो भनाइ टुङ्ग्याए।
त्यसपछि संसद् भवनमा भएका सांसदहरु बेजोडले हाँसेका थिए।
वैशाख ३१, २०८२ बुधबार १२:०८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।