कार्यवाहक गभर्नरलाई नै राष्ट्र बैंकको नेतृत्व दिन राप्रपा सांसदको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद् रोशन कार्कीले कार्यवाहक गभर्नर निलम ढुंगानालाई नै राष्ट्र बैंकको जिम्मेवारी दिन माग गरेकी छन्।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद् कार्कीले कार्यवाहक गभर्नर ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिई ५२ प्रतिशत महिलाहरुमाथि न्याय गर्न माग गरेकी छन्।
‘विगतमा महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुखको कार्यकाल सफल र प्रशंसायोग्य थियो,’ उनले भनिन्, ‘कार्यवाहक गभर्नर निलम ढुंगानालाई राष्ट्र बैंकको नेतृत्व दिई ५२ प्रतिशत महिलाहरुमाथि न्याय गर्न सभामुखमार्फत सरकारलाई आग्रह गर्दछु।’
उनले राष्ट्र बैंकको गभर्नरको पद लिलामीमा चढेको र बढाबढमा तीन करोड रुपैयाँ नाघिसकेको खबर आफूले सुनेको भन्दै ढिला नगरी महिलालाई नेतृत्व सुम्पन आग्रह गरिन्।
वैशाख ३१, २०८२ बुधबार ११:५७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।