प्रधानमन्त्री कप भलिबलमा स्ट्रेन्थ पार्टनर बन्यो शिवम् सिमेन्ट

प्रधानमन्त्री कप भलिबलमा स्ट्रेन्थ पार्टनर बन्यो शिवम् सिमेन्ट

काठमाडौं : नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता चुलिंदै गइरहेका बेला शिवम् सिमेन्ट लिमिटेड ले आउँदो प्रधानमन्त्री कप भलिबल प्रतियोगिता २०८२ मा स्ट्रेन्थ पार्टनर को रूपमा सहकार्य गर्ने घोषणा गरेको छ।

नेपाल भलिबल संघद्वारा जेठ ८ देखि १५ गतेसम्म पोखराको रंगशालास्थित कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा ६ महिला र ८ पुरुषसहित १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। नेपाल भलिबल संघका अनुसार प्रत्येक खेलमा ३–४ हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ।

शिवम् सिमेन्टले भलिबलको प्रवर्द्धन तथा राष्ट्रिय खेलको दीर्घकालीन समर्थन गर्ने उद्देश्यका साथ यो सहकार्य गर्न लागेको हो। काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ भिपी निखिल अग्रवाल बीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो।

यसअघि पनि शिवम् सिमेन्टले शेरबहादुर स्मृति महिला कप, न्यु डाइमन्ड एकेडेमी टिम प्रायोजन, एभरेष्ट लिग अन्तर्गत कर्णाली यशविस टिम प्रायोजन लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै आएको छ।

कम्पनीले भलिबलसँगै क्रिकेट, फुटबल, म्याराथनजस्ता लोकप्रिय खेलकुदमा पनि निरन्तर साथ दिँदै आएको जनाएको छ। आगामी दिनहरूमा पनि यस्ता गतिविधिमा थप सहकार्य गर्दै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

वैशाख ३१, २०८२ बुधबार ११:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।