बजाजको ‘खुसीको मिटर’ अफर अन्तर्गत एक लाख नगद जित्ने विजेता घोषणा

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा सञ्चालन गरेको अफर ‘खुसीको मिटर’ अन्तर्गत एक लाख रुपैयाँ नगद पुरस्कार जित्ने विजेताको घोषणा गरेको छ।
देशभरका हजारौं सहभागीबीच आयोजित लक्की ड्रबाट विराटनगरस्थित एण्ड ब्रदर्स अटो प्रालि मार्फत बजाज मोटरसाइकल खरिद गरेका मोसीम आलम एक लाख रुपैयाँ नगद जित्न सफल भएका हुन्। उनले १५० सिसीको पल्सर मोटरसाइकल किनेका थिए।
‘खुसीको मिटर’ अफरले गेमिङ अनुभव र मोटरसाइकल खरिदको उत्साहलाई जोड्दै ग्राहकलाई डिजिटल माध्यमबाट नगद तथा आकर्षक उपहार जित्ने अवसर दिएको थियो। यस अन्तर्गत सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष गेममार्फत घरमै बसी पुरस्कार जित्न सकिने व्यवस्था गरिएको थियो।
विजेताको चयन निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रियामार्फत गरिएको कम्पनीले जनाएको छ।
बजाजका मार्केटिङ प्रमुख अमितराज चालिसेका अनुसार खुसीको मिटर’ अभियान प्रचार मात्र नभई टेक्नोलोजीमार्फत मोटरसाइकल खरिद अनुभवलाई रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास हो। वर्षको सुरुवातलाई विशेष बनाउन कम्पनीले अभियान सञ्चालन गरेको उनको भनाइ छ।
विजेता मोसीम आलमले आफू विजेता भएको खबर थाहा पाएपछि खुसी व्यक्त गर्दै सुरुमा त विश्वासै नलागेको बताए।
वैशाख ३१, २०८२ बुधबार ११:४३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।