काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको मखन गल्लीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार विहान सात बजे काठमाडौं महानगरपालिका-२४ मखन गल्लीस्थित सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तलामा आगलागी हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए।

ग्यास लिक भई आगलागी हुँदा साथमै रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा आगलागी भएको छ। आगो निभाउनका लागि छ वटा दमकल प्रयोग गरिएको नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

वैशाख ३१, २०८२ बुधबार १०:२२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।