विश्वकै गरिब राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन

एजेन्सी : ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। जोसे मुजिका ‘पेपे’ भनेर चिनिन्थ्यो।
२०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व छापामार नेता मुजिकालाई उनको साधारण जीवनशैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिन्थ्यो।
उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओर्सीले क्रिसमसको दिन जोसे मुजिकाको मृत्युको घोषणा गर्दै लेखे, ‘तपाईंले हामीलाई दिनुभएको सबै कुराको लागि र तपाईंका जनताप्रति तपाईंको गहिरो प्रेमको लागि धन्यवाद।’
पूर्व राष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन।यद्यपि उनी अन्ननलीको क्यान्सरबाट पीडित थिए।
वैशाख ३१, २०८२ बुधबार १०:०७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।