सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा नयाँ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ।
सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे नाम दिइएको यो सेवामार्फत बैंकमा खाता भएका व्यवसायीहरूले अब नेपाल तथा विदेशमा रहेका ग्राहकहरूबाट भिसा तथा मास्टर कार्ड प्रयोग गरी सजिलै अनलाइन भुक्तानी लिन सक्ने छन्।
बैंकका अनुसार यो सेवा ई-कमर्स कारोबारमा संलग्न विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओ जस्ता संस्थाका लागि उपयोगी हुनेछ।
सेवा प्रयोग गर्दा कार्डलाई भौतिक रूपमा पेस गर्नुपर्ने झन्झट हट्ने र डिजिटल भुक्तानी प्रक्रिया थप छरितो, सुरक्षित तथा भरपर्दो हुने बताइएको छ।
बैंकले यो गेटवेको उद्देश्य डिजिटल भुक्तानीलाई सुलभ र मर्चेन्टहरूका लागि व्यापारमैत्री बनाउनु रहेको जनाएको छ।
सेवासम्बन्धी थप जानकारीका लागि ‘सिद्धार्थ केयर’ नामको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ।
वैशाख ३१, २०८२ बुधबार ०७:५०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।