‘उत्पादनमा आधारित कृषि काजगमा मात्र सीमित’

‘उत्पादनमा आधारित कृषि काजगमा मात्र सीमित’

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले उत्पादनमा आधारित कृषि काजगमा मात्र सीमित भएको बताएका छन्।  

मंगलबार आर्थिक रुपान्तरणको मार्गचित्र विषयक कार्यक्रममा बोल्दै उनले देश कृषि प्रधान भएको तर त्यसमा बजेट पनि कम हुने त्यो पनि कार्यान्वयनमा नजाने बताए।  

‘विनियोजनको मुख्य कुरा यो बजेटमा आउनुपर्छ र त्यसलाई कडाइका साथ पालना गर्नुपर्छ। उत्पादनमा आधारित कृषि भन्छौ तर उत्पादन देखाउ न कागजी देखाएर हुँदैन तीन पटकसम्म घुमाई फिराई त्यही कागजी मात्र त्यो नी बल्ल आयो तर कार्यान्वयनमा जाला न जाला मलाई लाग्छ यो कृषिको क्षेत्रमा लगानी नै छैन कर पनि आउँदैन,’उनले भने। महतले विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाइदिनुपर्ने बताए। 

यस्तै, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देशको आर्थिक विकासको लागि आर्थिक नीतिको अहिलेको संरचना परिमार्जन गर्नुपर्ने बताए । उनले यसको लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए। 

वैशाख ३०, २०८२ मंगलबार २१:५३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।