रवीन्द्र मिश्रको हिरासत बसाइ पाँच दिन लम्बियो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप पाँच दिन हिरासतमा बस्ने भएका छन्।
मिश्रमाथि अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो। मिश्रसहितका आरोपितलाई आठौं पटक म्याद थपका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा लगिएको थियो ।
मिश्र गत चैत १५ गतेको तीनकुने घटनापछि राज्य विरुद्ध र सङ्गठित अपराधको आरोपमा समातिएका थिए। मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ।
वैशाख ३०, २०८२ मंगलबार १९:२७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।