धुर्मुस-सुन्तलीले दुःख पाएको देख्दा प्रधानमन्त्रीलाई माया लाग्यो

धुर्मुस-सुन्तलीले दुःख पाएको देख्दा प्रधानमन्त्रीलाई माया लाग्यो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस-सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम गर्दा धेरै दुःख पाएको भन्दै माया लागेको बताए।

मंगलबार काभ्रेको बनेपामा बन्न लागेको ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सुरुवातमै आफूले ‘गाह्रो पर्छ बाबु–नानु, थाल्नु हुँदैन’ भनेको स्मरण गरे। ‘मैले त्यही बेला भनेको थिएँ, गाह्रो पर्छ बाबुनानु, नथाल है भनेर। तर उनीहरूले मैदान थालिहाले। अनि साँच्चै धेरै दुःख पाए। माया लाग्छ,’ प्रधानमन्त्रीले भने, ‘तर त्यो क्रिकेट मैदान पक्कै पनि बन्नेछ। उनीहरूले पाएको दुःख पनि एक दिन हट्छ।’

उनले थपे, ‘यति ठूलो काम थाल्दा सुरुमा साथीभाइ धेरै हौसिन्छन्, ‘हामी छौँ’ भन्छन्। चन्दा उठाएर बनाउँछौ भन्छन्। तर पछि सहयोग नहुन पनि सक्छ। मैले त दुःख पाउने हो भनेर नगर भनेको हो।’

उनले धुर्मुस–सुन्तलीले राम्रो उद्देश्यले मैदान थालिएको भए पनि यात्रा सजिलो नभएको बताए।

वैशाख ३०, २०८२ मंगलबार १७:३९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।