भारतीय आक्रमणमा ११ सैनिकको मृत्यु भएको पाकिस्तानको स्वीकार

भारतीय आक्रमणमा ११ सैनिकको मृत्यु भएको पाकिस्तानको स्वीकार

एजेन्सी : पाकिस्तानी सेनाले भारतीय आक्रमणमा आफ्ना ११ सैनिकको मृत्यु भएको स्वीकार गरेको छ। मारिएका सैनिकहरूमा ६ जना सेनाका र ५ जना वायुसेनाका छन्।

पाकिस्तानी मिडिया डनको रिपोर्ट अनुसार ७८ सैनिक पनि घाइते भएका छन्। रिपोर्टमा भारतीय आक्रमणमा ४० जना सर्वसाधारणको पनि मृत्यु भएको र १२१ जना घाइते भएको दाबी गरिएको छ।

प्रधानमन्त्री शाहबाज शरीफले भारतसँगको द्वन्द्वमा मारिएका पाकिस्तानी सैनिकका परिवारका लागि मरकज-ए-हक नामक राहत प्याकेजको घोषणा गरेका छन्।

यसमा ज्यान गुमाउनेहरूका परिवारलाई १ करोड रुपैयाँ दिइनेछ। यसबाहेक, घाइतेहरूलाई १० देखि २० लाख रुपैयाँसम्मको क्षतिपूर्ति पनि दिइनेछ।

यसैबीच, प्रधानमन्त्री शाहबाज शरीफले मंगलबार दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाएका छन्। यसमा भारतविरुद्ध सुरु गरिएको अपरेशन बन्यान-अन-मार्सुको बारेमा छलफल गरिनेछ।

त्यसैगरी पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरंगजेबले हाल भारतले सिन्धु सन्धि रोकेर कुनै ठूलो फाइदा हासिल नगरेको बताएका छन्। रोयटर्सलाई दिएको अन्तर्वार्तामा औरंगजेबले भारत र पाकिस्तानबीच रोकिएको सिन्धु जल सन्धि पुनः सुरू हुने आशा व्यक्त गरे।

अर्कोतर्फ, पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेलहरू मे १७ बाट सुरु हुने जानकारी दिएका छन्।

प्रतियोगिताको फाइनल मे २५ मा हुनेछ। भारत र पाकिस्तानबीच बढेको तनावपछि प्रतियोगिता स्थगित गरिएको थियो।

वैशाख ३०, २०८२ मंगलबार १४:०४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।