भरत तालमा मृत भेटिए पाले सार्की, गुल्मीसहित ताप्लेजुङ र रौतहटमा तीन जना शव फेला पर्यो

काठमाडौं : सर्लाहीको बागमती नगरपालिका-१२ कर्मैयास्थित भरत तालमा एक जना मृत भेटिएका छन्।
सोमबार सोही नगरपालिका-७ राजघाट बस्ने ६७ वर्षीय पाले सार्की मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसका अलावा गुल्मी, रौतहट र ताप्लेजुङमा पनि तीन वटा शव फेला परेको छ।
गुल्मीको छत्रकोट गाउँपालिका-१ बोटेगाउँ रेग्दी छहरास्थित बडिगार्ड खोला छेउमा सोही गाउँपालिका-२ दाईछाप बुटिलगाउँ बस्ने ४५ वर्षीय ज्ञान बहादुर राकस मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै, रौतहटको बौधीमाई नगरपालिका-५ स्थित नासी पुलमुनी परोहा नगरपालिका-६ बसन्त पट्टी बस्ने ७० वर्षीय महादेव महतोको शव भेटिएको छ।
त्यसैगरी, ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ पौवास्थित मैवाखोलाको किनारामा मैवाखोला गाउँपालिका-१ बैरिया टोल बस्ने ३५ वर्षीय मनोज लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन्।
बाँकी भेटिएको शवको पनि मृत्युको कारण अहिलेसम्म पुष्टि नभइसकेकाले प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैशाख ३०, २०८२ मंगलबार १३:३५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।