चिर्पटले हानेर श्रीमानको हत्या, ५० वर्षीया महिला पक्राउ

दाङ : चिर्पटले हानेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको बंगलाचुली गाउँपालिका-७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगर रहेकी छन्।
संगीताले घरायसी विवादको क्रममा चिर्पट प्रहार गर्दा श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको घटनास्थलमै मृत्यु भएको थियो।
हत्या आरोपी संगीतालाई सोमबार राति इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
वैशाख ३०, २०८२ मंगलबार १३:०४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।