‘के घर के डेरा : घर नम्बर २’लाई सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट

‘के घर के डेरा : घर नम्बर २’लाई सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट

काठमाडौं : आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ।

आइतबार फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए। युनिभर्सल सर्टिफिकेट पाएसँगै अब फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।

केही दिनअघि सार्वजनिक भएको फिल्मको ट्रेलरले शहरी मध्यमवर्गीय परिवारले भोग्ने जीवनसंघर्ष प्रस्तुत गरेको छ। फिल्मले ‘घर बनाउने’ भन्ने परम्परागत विचारलाई चुनौती दिने निर्देशक खनालको दाबी छ।

फिल्ममा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, र आर्यन सिग्देलको अभिनय रहेको छ।

नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको लगानी रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा फिल्म निर्माण भएको छ।

वैशाख ३०, २०८२ मंगलबार १२:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।