चलिरहेको एउटा विमानस्थलको पनि बेइज्जल नगरौँ : सांसद सिंह

चलिरहेको एउटा विमानस्थलको पनि बेइज्जल नगरौँ : सांसद सिंह

काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको बताएका हुन्।

सांसद सिंहले सञ्चालन भइरहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेका भए पनि यसको अन्तर्राष्ट्रिय बेइज्जत नगर्न आग्रह गरे।

उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अस्तव्यस्तताको पराकाष्ट छ। ठाउँको अभाव छ। चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ। लगेज लिन पनि घन्टौं पर्खिनुपर्ने अवस्था छ। लगेजको कहिलेकहीँ ताल्चा फुटाइन्छ। चलिरहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको पनि बेइज्जत नगरौँ।’
 

वैशाख ३०, २०८२ मंगलबार १२:४१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।