पश्चिम भारतमा अझै सुचारू भएन हवाइ सेवा, सुरक्षाको कारण देखाउँदै गएका छैनन् विमान

पश्चिम भारतमा अझै सुचारू भएन हवाइ सेवा, सुरक्षाको कारण देखाउँदै गएका छैनन् विमान

एजेन्सी : भारत र पाकिस्तानबीच युद्धविरामको बीचमा एयर इन्डियाले पश्चिम भारत यात्रा गर्ने यात्रुहरूका लागि एक एडभाइजरी जारी गरेको छ।

भारतका निजी विमान कम्पनी एयर इन्डिया र इन्डिगोले पश्चिम मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरेको जानकारी दिएका छन्।

एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, ‘पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, १३ मे, मंगलबार जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ।’

इन्डिगोले मंगलबार जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट आफ्ना उडानहरू रद्द गर्ने जानकारी पनि दिएको छ। एडभाइजरीम यात्रुहरूलाई थप जानकारीको लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न भनिएको छ।

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य झडपपछि मे १० मा युद्धविराममा सहमति भएको थियो। तर, भारतीय सेनाले सोमबार जम्मू कश्मीरको साम्बा सेक्टरमा शंकास्पद ड्रोन देखिएको बताएको छ।

वैशाख ३०, २०८२ मंगलबार ०९:११:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।